
हुलाकी न्यूज, रियाद ७ कार्तिक । अस्पतालको विल तिर्न नसक्दा साउदको रियादमा एक जना मधेशीको लास एक महिनादेखि अलपत्र रहेको छ ।
धनुषा जिल्लाको भठिहन वडा नम्बर ७ घर भई पछिल्लो केही वर्षदेखि ढल्केबरमा बस्दै आएका सतरोहन साहको लास साउदीको रियादस्थित सुमैसी अस्पतालमा अलपत्र रहेको छ ।
कम्पनीबाट अलग भएर काम गर्दै आएका साहको हार्ट अट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ । उनको लास अस्पतालमा एक महिनादेखि राखिएको चार्ज पनि जोडिएको छ । जसकारण उनको लास अस्पतालबाट ल्याउन १४ सय रियाल आवश्यक छ ।
साहको घरको आर्थिक अवस्था दयनिय रहेकोले अस्पतालको विल तिर्न सकिएको छैन । उनी काम गर्ने कम्पनीले पनि सहयोग गरेको छैन भने नेपाली दुतावासलाई बारम्बार खबर गर्दा पनि लास नपठाइएको परिवारजनले जनाएको छ ।
उनको लास नेपाल पठाउन साउदीका केही मधेशीहरुले प्रयास गर्दैछन् । जसका लागि उनीहरुले रकम संकल गरेपनि अपुग भएको छ ।
सुधारिएको : साहको लास नेपाल फिर्ता पठाउन १४ हजार रियाल आवश्यक हुनु पर्नेमा अन्यथा भएकोमा सुधारिएको छ । सम्पादक




यो कस्तो समाचार भयो एउटा ले 14 हजार भनेछ अर्को ले 14 सय मात्र पुरै बिबरन लिनु अनि सहयोगी हात आगु आउन मेरो पनि आग्रह
Please call me…….9851179176
9803900176