chhath-festival_1291
हुलाकी न्यूज, न्यूर्योक ७ कार्तिक ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए)को अमेरिका शाखाले छठ पुजाको विशेष आयोजन गर्ने भएको छ ।

अमेरिकाको मेरिल्याण्डमा एनआरएनएले नोभेम्बर ६ तारिख दिउँसो १ बजे छठ कार्यक्रमको आयोजना गरेको छ ।

एनआरएमएका अमेरिका संयोजक इन्द्रजीत यादवका अनुसार अमेरिकामा रहेका मधेशीहरुलाई छठ पुजन लागि आउन आग्रह गरिएको छ । छठ कार्यक्रममा जोकोही पनि सहभागी हुन सक्ने यादवले बताए ।

यता एनआरएमएका अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष बशन्त कुसवाहाले यस्तो खालको साँस्कृतिक क्रियाकलापले पहिचान र संस्कृतिलाई उजागर गर्ने बताएका छन् । पहिचान र संस्कृतिको जगेर्ना गर्न सम्पूर्ण मधेशी एक जुट हुनु पर्ने बताउँदै कुसहावाले छठ कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई आग्रह गरे ।

nrma_chhath

1 COMMENT

  1. आफनो आमा आफनो देश आफनो भाषा र संस्कृति लाइ बिर्सनु हुदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.