tarai-madhesh-manch
हुलाकी न्यूज, कतार ६ कार्तिक । तराई–मधेश लोकतान्त्रिक पार्टीको भातृ संगठन नेपाल प्रवासी तराई–मधेश मञ्च कतारको प्रथम अधिवेशन भव्यताका साथ कतारको दोहामा सम्पन्न भएको छ ।

मञ्चको अधयक्ष मो. अहमद्दीन खानको अध्यक्षतामा र तराई–मधेश लोकतान्त्रिक पार्टीको उपाध्यक्ष बृषेशचन्द्र लालको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा लगभग ५०० बढी प्रतिनिधिहरुको उपस्थिति थियो ।

अधिवेशनलाई सम्वोधन गर्दै तमलोपाको उपाध्यक्ष बृषेश चन्द्र लालले ‘समानता, स्वशासन, जनसंख्याको आधारमा प्रतिनिधित्त्व र राज्यका अंगहरुमा समानुपातिक समावेशिताको बिरोध गर्ने लोकतन्त्रवादी वा साम्यवादी हुन सक्दैन भन्दै सबैलाई स्वीकार्य हुने राष्ट्रियताको आधार र बराबरी नै राष्ट्रलाई बलियो बनाउने एक मात्र आधार हो’, भने ।

मधेशमाथि बिभेद लाद्न खोज्ने, मधेशीलाई भारतको ईशारामा चल्ने आरोप लगाउनेहरु देश जनताको विभाजनको अभियानमा लागेको आरोप लगाउँदै उनले उग्रराष्ट्रवादी यस्ता तत्त्वहरु देशलाई विखन्डित गर्ने वातावरण बनाउने कार्य गरिरहेको बताए ।

लालले अधिकारसंग सम्झौता हुँदैन, आन्दोलनको स्वरुप मात्र बदलेका हौं र राज्यपक्षलाई एउटा मौका दिएका हौं भन्दै वहाँहरुले हाम्रो मांगबारे अहिले बहुरुपियाहरु जस्तै नौटन्की मात्र गरिरहेको तथ्य हामीले बुझेको र छठपछि पहिलेभन्दा पनि विकट आन्दोलन हुने ठोकुवा गरे ।

तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले काँग्रेस, एमाले र माओवादीहरुमा रहेका मधेशीहरुलाई तत्काल मधेशको आन्दोलनमा आउनु पर्ने बताउँदै अब मधेश नाटक नौटन्कीले पर्खिन नसक्ने बताए ।

madheshi-qatar
अधिवेशनमा महामन्त्री चन्द्रवीर यादवले उद्घोषण, प्रदीप यादवले स्वागत भाषण, नेपाली मुस्लिम समाजको हफिज सैयद, हेल्प मधेशको बीरेन्द् साह, कतार इन्जीनीयर एसोसिएशनको अध्यक्ष श्रवण झा,नेपाल जनसम्पर्क समितिको सुनिल मण्डल, नेपा लजनसम्पर्क समितिको संस्थापक अध्यक्ष साकिर अली, कतार नेपाल एकता समाजको लुमाकान्त पुन, फोरम लोकतान्त्रिकको केस उमाशंकर अड़गडÞियाले मनतव्य व्यक्त गरेका थिए ।

नेपाली राजदूतावासको द्वितीय सचिव गायत्री पौडेलले पनि अधिवेशनमा शुभकामना मनतव्य दिएकी थिइन् ।

दोहाको शालिमार होटलमा सम्पन्न नेपाल–प्रवासी तराई–मधेश मञ्च कतारको सो प्रथम अधिवेशनले निम्नानुसारको नयाँ कार्यसमिति सर्वसम्मतिबाट गठन गरेको छ – मो. अहमद्दीन खानलाई अध्यक्ष, श्री उपेन्द्र गोदानलाई उपाध्यक्ष, चन्द्रबीरकुमार यादवलाई महान्त्री, राम गुप्तालाई सहमहामन्त्री, मो. यासिन राइनलाई कोषाध्यक्ष तथा सदस्यहरुमा अब्दुल सलामुद्दीन खान, शिवकुमार महतो, राजीव चौधरी कुर्मी, मो. मुजाहिद, दिवाकर झा, सुरेन्द्र कुमार दास, राजकिसोर साह, शयाम कुमार साह, कुशेशर साफी, बिशनु लोहिया चन्द्रभान कुहार ,हबिब राइन,शेख मोकादाम, राम अशीष गुरमैता यादव, राम बालक रोहिता, हुसैन कासिम राइन, संयोगी कापर, रोहित भण्डारी, होरिल यादव, मो. अजमल मियाँ, मो. मुदासर, तेजीलाल मण्डल, सुरेश प्रसाद यादव, राम कुमार महतो तथा श्यामानन्द झा ।

प्रदीप कुमार यादवको संयोजकत्त्वमा उमेश कुमार खड्गा, गिरधारी गुरमैता, अरविन्द कुमार बुधनगरिया, मो. अबु कासिम मुसलमान, मो. इस्लाम अली खान, संजय प्रसाद शर्मा समेतको सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै मो. अब्दुल हाई खान र मो. होसामुद्दीन खानलाई अनुशासन समितिमा राखिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.