तिवारी यादव, बारा ६ कार्तिक । बाराको परवानीपुर चौकदेखि चैनपुर चौकसम्म बिहान घरेलु मदिरा भित्रिने क्रममा वृद्धि भएको छ ।
बिहान ६ बजेदेखि घरेलु मदिरा ल्याउनुको महिलाको घुइँचो र अग्रसर हुन्छन् भने प्रहरी चौकी परवानीपुरका ३÷४ जना प्रहरी जवानहरुले बिहान ६ बजेदेखि ९ बजेसम्म सदा पोसाकमा मोटरसाइकलमा प्रहरी जवान मदिरा पसाउने महिलाहरुसँग पैसा लिने यो क्षेत्रमा अग्रसर हुन्छन् ।
दैनिकको काम भने यही रहेको देखिन्छ भने मदिरा बेच्ने भट्टि, होटलहरुसँग प्रहरी जवानहरु महिनावारी लिएर सन्चालन गराएको पसलेहरुको भनाइ छ ।
यो एरियामा दशैको बेला देखि झन् खुलेआम पैसा प्रहरी सदा पोसाक उठाउनेहरुको वृद्धि भएको स्थानीयहरुको भनाइ छ ।
मदिरा भित्रियाउने महिलाहरुसँग नगदसहित रिचार्ज कार्डलगायतका समाग्री पनि लिने गरेको उनीहरुको भनाइ छ । होटेल, भटि सन्चालन गरेकोहरुसँग सधैं नास्ता खाने गरेको पसलेहरुको भनाइ छ ।



