
मनिष गुप्ता, कपिलवस्तु ५ कार्तिक । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा बिहीबार साझा करिब ७ः३० बजे लुटेराहरूको समूहले गोली हानी एक व्यापारीलाई घाइते बनाएका छन् ।
कपिलवस्तु नगरपालिका १४ गोपालपुर चोकमा रहेको आफ्नै किराना पसलमा बसिरहेका राधेश्याम गुप्तामाथि लुटेराहरूको समूहले गोली प्रहार गरेको थियो ।
गोली लागी गुप्ता घाइते भएका छन् । गुप्तालाई बाया खुट्टामा गोली लागेको कपिलवस्तुका प्रहरी उपरिक्षक विष्णु कुमार केसीले जानकारी दिए ।
घाइते गुप्ताको अहिले तौलिहवामा रहेको पृथ्वी वीर अस्पतालमा उपचार भैरहेको छ । गुप्ताको अवस्था सामान्य रहेको र गोली हानी फरार लुटेराहरूको खोजीकार्य जारी रहेको उपरीक्षक केसीले जानकारी दिए ।



