हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । संघीय मधेशी मोर्चा आज एक बजेदेखि राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिदैछ ।
मोर्चाका एक घटक नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार राष्ट्रपतिलाई आज संविधान जारी नगर्न आग्रह गर्दै धर्ना दिन लागिएको हो ।
दिउँसो एक बजेदेखि दिइने धर्नामा संघीय मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहनेछ ।
मोर्चाले धर्नामा सहभागी हुन सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।



