prashant_singh_with_baburam
हुलाकी न्यूज, काठमाडौं ४ कार्तिक ।
समाजिक अभियन्ता प्रशान्त सिंह नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

विभिन्न समाजिक अभियानको नेतृत्व गर्दै आएका सिंह बुधबार डा.भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
भ्रष्टाचार विरोधी अभियानदेखि सिंहदरबारको ढोका खोल जस्ता अभियानलगायत वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएका सिंहको स्थाई घर बीरगञ्ज हो ।

सिंहको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै हो ।

बीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसबाट बीबीए गरेका सिंह एशियन इन्सिच्युट अफ म्यानेजमेन्ट फिलिपिन्सबाट डेभेलोपमेन्ट प्रोग्राम म्यानेजमेन्ट पढेका छन् भने परिदृश्य योजना सम्बन्धी अध्ययन अक्सफोर्ड युनिर्भसिटी (यूके)बाट गरेका छन् ।

त्यस्तै, नेतृत्व सम्बन्धी अध्ययन जोहन एफ.केन्नेडी स्कुल अफ गर्भरमेन्ट, हारवर्ड युनिर्भसिटी (यूएस)बाट गरेका छन् भने व्यवसायिक समाजिक जिम्मेबारी सम्बन्धी अध्ययन एशियन इन्सिच्युट अफ टेक्नोलोजी थाईल्याडबाट गरेका छन् । उनी चार्टर एकाउन्टेन्सी सम्बन्धी अध्ययन भारतबाट गरेका छन् । हाल उनी हिमालयन क्लाईमेट इन्सिच्युटका संस्थापक अध्यक्ष हुन् ।

1 COMMENT

  1. A great personality. I wish him contributing to comprehensive development in Madheshland. Wish him a great success in life.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.