united-madhishis
हुलाकी न्यूज, नयाँदिल्ली ३ कार्तिक । भारतको राजधानी नयाँदिल्लीमा मधेशको वर्तमान राजनीतिक अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दिल्लीमा रहेका मधेशी–थारुहरुको छाता संगठन युनाइटेड मधेशीजले मधेशको समस्या समाधानका विषयमा मधेशवादी दलका नेताहरुसँग अन्तरक्रिया गरेको अध्यक्ष संजय यादवले हुलाकी न्यूजलाई बताए ।

उक्त कार्यक्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका महामंत्री जीतेन्द्र सोनले सरकारले संविधानलाई संशोधन गर्न आनिकानी गरेको आरोप लगाएका छन् ।

उनले संविधानमा रहेका त्रुटिहरुलाई नजिकबाट नियाल्दै सरकारले स्थानीय चुनाव गरी मधेशीहरुबीच फुट ल्याउने रणनीति रहेको यूनाईटेड मधेशीज अपÞm नेपालका सदस्यहरु सामु खुलासा गरेका थिए ।

कार्यक्रममा यूनाईटेड मधेसीज अपÞm नेपाल संस्थाको तर्फबाट सबैले मधेशमा तत्काल आन्दोलनलाई सही दिशामा लैजान सबै मधेशी दलहरुलाई संगठित भई एकीकृत हुन आग्रह गरेका थिए । महामन्त्री सोनलले आफ्नो पूर्ण प्रयास रहेको भन्दै मधेशी युबाहरुलाई अगाडि आउन आग्रह गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.