pranab-mukherjee
शैलैन्द्र क्रान्ति, जनकपुरधाम ३ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आशन्न जनकपुर भ्रमण तय भएसंगै यसलाई विथोल्न षड्यन्त्र शुरु भएको छ ।

विगतमा तय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द गराए जस्तै यस पटक भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई रद्द गराउन प्रपञ्च शुरु भएको हो ।

आगामी कार्तिक १९ गतेका लागि भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको क्रममा मुख्य केन्द्रविन्दु जनकपुर रहेको छ । तर उनको भ्रमणलाई मोदीको भ्रमण जस्तै कसरी असफल बनाउँने कार्यमा केही शिर्ष राजनीतिक दलका शिर्ष नेताहरु सक्रिय भएको चर्चा चल्न थालेको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको मुखमा हाम्रो देशका राष्ट्रपति विद्यादेवी भण्डार जनकपुर भ्रमण गर्ने ईच्छा जाहेर गरेको र उनको भ्रमण कार्तिक ११ अथवा १२ गते हुन सक्ने सम्भावना रहेको धनुषाका प्रमुख जिल्ला अधिकारीले नै बताएका छन् ।

यस्तै श्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण भन्दा एक दिन पहिला जनकपुर आउने श्रोतले जनाएको छ ।

विगतका मधेश आन्दोलन र संविधान संशोधनका विषयमा यस क्षेत्रका जनता राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीप्रति व्यापक असन्तुष्टी र आक्रोस छँदै छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने र ढलेदेखि हालसम्म धनुषा जिल्लामा पाईला टेकेका छैनन् । यस हिँसावले ओली आएको खण्डमा जनकपुरमा चर्को विरोध हुने निश्चित देख्न्छि । भने राष्ट्रपति भण्डारी गत वर्ष मधेश आन्दोलन चलिरहेको बेला यहाँको वातावरण अनुकुल नहुँदा हुँदै पनि यस क्षेत्रका जनताका भावना विपरीत रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागि हुँदा ताण्डव मच्चेको थियो ।

त्यस कारण राष्ट्रपति भण्डारीको भारतीय राष्ट्रपतिको भन्दा अघिको भ्रमणमा आउँदा पुनः उनको विरोध हुने र वातावरण असहज हुने सम्भावना प्रवल देखिन्छ । त्यसैले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीको भारतीय राष्ट्रपतिको भ्रमणको मुखमा जनकपुर भ्रमण उचित देखिन्न ।

यदि राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओली कार्तिक १९ गते यता जनकपुर भ्रमण गरे यहाँको वातावरण विग्रिने र भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण असुरक्षाको कारण देखाउँदै रद्द हुने सम्भावना पनि बढेको छ । — मिथिलाञ्चल अनलाइनबाट

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.