tamalopa
हुलाकी न्यूज, काठमाडौं ३ कार्तिक । संविधान संशोधनप्रति सरकारले देखाएको उदासीनता र ढिलासुस्तीप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

जिल्ला अध्यक्ष, केन्द्रीय पदाधिकारी, साँसद एवं केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्न केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले छठपछि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

अहिले सम्म सरकारमा सामेल प्रमुख दलहरुद्वारा समेत कुनै औपचारिक निर्णय नहुनुले सरकारको नीयतमाथि नै शंका÷उपशंका उत्पन्न हुने स्थीति भई राखेको अवस्था रहेकोले यस सन्दर्भमा सरकारले अविलम्ब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा समक्ष आफ्नो धारणा स्पष्ट गरी संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्न तमलोपाले सरकारसँग माग गरेको छ ।

‘राज्य संरचनाका स्थानिय तहहरुका राजनीतिक, सामाजिक, साँस्कृतिक र विकाश निर्माण गतिविधिहरुमा हुने भूमिकालाई नकार्न सकिदैंन तर वर्तमान सन्दर्भमा प्रादेशिक सिमांकन र निश्चित संरचना विना प्रस्तावित स्थानिय तहको पुर्नसंरचना एवं तत्सम्बन्धि विधि–प्रक्रिया संघीय अवधारणा अन्तर्गत स्वभाविक रुपमा हुनुपर्ने अन्तर्निहित प्रादेशिक अधिकार र भूमिकाको अझै बढी अवमुल्यन र न्यूनीकरणको प्रयास हो’ विज्ञप्तिमा उल्लेख छ ।

तमलोपाले वर्तमान स्थीति बारे अवगत गराउन र नयाँ उर्जाको साथ सम्पूर्ण स्थीतिको सामना गर्न गाँउ–गाँउमा व्यापक सदस्यता वितरण र जनजागरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.