
न्यूजर्सी(अमेरिका) ३ कार्तिक । मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट टुर्नामेन्टको दोस्रो सिजनमा नेपाल सरकारले हस्तक्षेप गरेको प्रति मधेश मानव अधिकार(मधुर) अमेरिकाले आपत्ति जनाएको छ ।
कार्तिक दुई गतेबाट जनकपुरधामस्थित जनकपुर चुरोट कारखानामा उद्घाटन हुने भनिएको एमपीएलमा सशस्त्र प्रहरी बलले अवरोध गरेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारीले ‘माथिको आदेश र सुरक्षा थ्रेट’ रहेको भन्दै एमपीएल गराउन दिएको स्वीकृति रद्द गरेको थियो ।
मधेशमा हुने खेलमा पनि नेपाल सरकारले हस्तक्षेप गर्न नहुने बताउँदै मधुरले ग्रामिण स्तरको हजार जनासम्म मात्र सहभागी हुने खेलमा सुरक्षा थ्रेट देख्नु राज्यको दोष रहेको आरोप लगाएको छ ।
जनकपुरधाममा एमपीएलमा रोक लगाउनु नेपाल सरकारको मधेशीप्रतिको विभेदको अर्को कडी रहेको जनाउँदै मधुरले ‘एन्टी रेशिज्म कोर्ड’को विरुद्ध नेपाल सरकार गएको जनाएको छ ।
मधुरका सचिव चन्दन सिंहद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा मधेशमा हुने गरेको खेलप्रति नेपाल सरकारलाई जवाफदेही हुन आग्रह गर्दै सुरक्षाकर्मीलाई सचेत गराउन माग गरिएको छ ।




good job we need take theaction against
@ go ahead