Sunil_ranjan_singh
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगका सदस्य अधिवक्ता सुनिलरंजन सिंहले इलाकालाई आधार मानेर संख्या निर्धारण नगर्न माग गरेका छन् ।

अधिवक्ता सिंहले मंगलबार आयोगलाई एक पत्र लेख्दै जनसंख्याको आधारमा गाउँपालिका तथा नगरपालिकाको संख्या निर्धारण नगरे त्यसमा आफ्नो कुनै किसिमको सहयोग, सहमति वा समर्थन नरहने बताएका छन् ।

‘गाउँपालिका, नगरपालिकाको संख्या आयोगद्वारा बढाएर तोकिन लागिरहेको अवस्थामा तराई–मधेश–थरुहटमा जनसंख्याको आधारमा गाउँपालिका तथा नगरपालिकाको संख्या निर्धारण गरियोस् भन्ने सम्वन्धमा मेरो जोडदार माग रहेको छ ।’ उनले जनाएका छन् ।

इलाकालाई आधार मानी गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमानाको निर्धारण गर्ने कार्य गरिएमा त्यसमा आफ्नो कुनै पनि साथ, सहकार्य र सहमति नरहने आयोगका सदस्य सिंहले जानकारी गराएका हुन् ।

पहिलो चरणमा गाउँपालिका, नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरी दोश्रो चरणमा आयोगको म्याद २०७३ फाल्गुन मसान्तसम्म भएको अवस्थामा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण फाल्गुन मसान्तसम्म गरिनुपर्ने माग उनले गरेका छन् ।

1 COMMENT

  1. सहि कुरो ईलाका मान्नु भनेको मधेसी जनता लाई मधेस का ठेगेदार समन्ती हरु लाई स्त्ता समपिनु हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.