
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । व्यवस्थापिका संसदको बैठकभित्रै नेपाली कांग्रेसका एक सांसदले नेपाल टुक्रिने चेतावनी दिएका हुन् ।
मंगलबारको व्यवस्थापिका संसदको बैठकमा सांसद फरमुल्लाह मन्सुरले एमालेका नेताहरुले ९० प्रतिशत सांसदले जारी गरेको संविधान भनी प्रचार गर्दा मुलुक टुक्रिने खतरा बढी रहेको बताए ।
उनले उनले आफूहरु असहमति राखेर संविधानसभामा मतदान गरेको भन्दै संशोधन गरी मधेशी, थारु, मुस्लिम लगायतका समुदायको माग सम्बोधन नगरिए पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै नेपाल टुक्रिन सक्ने बताएका छन् ।
व्मन्सुरले काठमाडौंबाट मधेश अब शासित नहुने दाबीसमेत गरेका छन् । साथै उनले संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने तर्क गरेका छन् ।




Add your commentthanks sansad jyu partiko nirnay nai sadai ramro hudain jantako sunnuparx