Sher-Bahadur-Daubr
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधान संशोधनका लागि नेपाली कांग्रेस आन्तरिकरुपमा गृहकार्य गरिरहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक विचार गोष्ठीमा कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनमार्फत असन्तुष्टहरुको आवाज समेत सम्बोधन गर्नेगरि संविधानलाई सबैको सर्वस्वीकार्य बनाउँदै यसको कार्यान्वयनको लागि आफू र आफ्नो पार्टीले नेतृत्व लिने बताएका हुन् ।

देउवाले संशोधनका लागि एमालेसँग पनि कुराकानी भैरहेको बताउँदै भने, ‘हामी अहिले निरन्तर छलफल तथा आन्तरिक गृहकार्यमा छौं ।’
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा रहेका केही कमजोरी र त्रुटीहरुलाई संशोधन मार्फत सम्बोधन गर्नुपर्ने र त्यसको लागि काँग्रेसले अग्रणी भूमिका निर्वाह गरिरहेको बताए ।

‘सीमांकन, नागरिकता, समावेशीता जस्ता सवालहरुमा नेपाली काँग्रेसको अगुवाईमा समाधान निकाल्नुपर्नेमा जोड दिदै संविधानत समावेशीताको कार्यान्वयन जरुरी छ’ उनले भने । उनले मधेशको मागका बारेमा सबै पक्ष लचिलो हुनुपर्ने धारणा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.