yogendra-ray-yadav
हुलाकी न्यूज, वीरगंज २ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मधेश प्रवेश निषेध गर्ने चेतावनी एक मधेशी युवा नेताले दिएका छन् ।

सद्भावना पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोपसमेत लगाएका छन् ।

वीरगंजमा मंगलबार संचारकर्मीहरुसँग कुरा गर्दै यादवले मधेशी मोर्चाले उठाएको बहुप्रतिक्षित संशोधन प्रस्ताव वर्तमान प्रचण्ड नेतृत्वको सरकारले दर्ता नगराएकोमा शंका उत्पन्न भएको बताए ।

उनले धोका दिए मधेशमा प्रचण्डलाई मधेशी युवाहरुले प्रवेश निषेध गर्ने चेतावनी दिएका हुन् । सदभावना पार्टी निकट युवा एवं खेलकुद विभागका प्रमुख समेत रहेका यादवले एक फरक प्रसंगमा तराई–मधेश लोकतान्त्रिक पार्टीसँग सदभावना पार्टीको एकीकरण हुने ठोकुवा गरेका छन् ।

मधेशी जनताको भावना अनुरुप मधेशका क्रियाशील दुवै पार्टीबीच एकीकरण हुन लागेको बताउँदै आन्तरिक रुपमा सम्पूर्ण तयारी भएको र तिहार र छठ पछि घोषणाको प्रवल सम्भावना रहेको यादवले बताए ।

साथै रौतहटको गौरवका रुपमा रहेको गौर राईस मिलको जग्गा पूर्वप्रधानमन्त्री माधव नेपालको प्रत्यक्ष संलग्नतामा अतिक्रमण गर्ने प्रयास भइरहेको खुलासा गर्दै त्यस्ता गलत क्रियाकलाप नसच्याए आफू र आफ्नो पार्टीसहित रौतहटका जिम्मेवार पार्टीहरु एवं संघ संस्थाहरु कडा विरोध गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.