ishan
शैलेन्द्र अम्बेडकर

हो, तपाईहरु जस्तो नक्कली मधेशी(पहाडबाट आएर मधेशको जमिन कब्जा गरी बसेका)हरुको लागी तथ्यहिन हुन सक्छ तर देशको करिब ७५ प्रतिशत जनसंख्या रहेको मधेशी, दलित, जनजातिलगायतका अल्पसंख्यक तथा सिमान्तकृत समुदायको लागी तथ्यपरक, औचित्य पुर्ण छ ।

भ्रम तपाँईहरुमा छ । हामी स्पष्ट छौ कि तपाई जस्ता नक्कली मधेशीहरु कहिले पनि मधेशको हित चाहेन्न र चाहदैन्न पनि । यदि हित नै चाहन्नु हुन्थयो भने किन मधेश अन्दोलनमा जानु भएन ? मधेशीको अधिकारको लागी कति वटा आर्टिकल लेख्नु भयो ? तपाईहरुले भनेको यो नौलो कुरा होइन ।

जब जब मधेशीहरु अधिकारको लडाई लड्छन तबतब तपाई जस्ता खस आर्यहरु मधेशी समाज भित्रको समाजिक विकृतिको कुरा गर्नु सुरु गर्छन् । तपाइहरुलाई सोध्न चाहन्छु के पहाडमा समाजिक कुरीति छैन ? एक्काइसौं शताब्दीमा पनि देवकी प्रथा पहाडमा कायमै छ । जातीय छुवाछुत तथा भेदभाव मधेशभन्दा बढी पहाडमा छ । देशकै राजधानी काठमाण्डौमा तन्त्रमन्त्र धामी झाक्री तथा झारफुक गर्नेहरु दुकान खोलेर बसेका छन् ।

अनि तपाईहरुले मधेशको मात्र समाजिक बिकृति हेर्ने ? चाहे लायक होस् वा नलायक होस् आज मधेशको रक्षा मधेशी जनता र मधेशी वुद्धजिवी तथा नेताहरुले नै गरेका हुन् । हाम्रो अन्दोलन राजनीतिक तथा समाजिक हो ।

शर्मा र घोरसार जी तपाई दुबै नक्कली मधेशी तथा खस आर्य मधेश अन्दोलनकारीलाई वालक र मागहरुलाई खेलौनासँग तुल्ना गर्नु भएको मैले बुझेको छु । यदि तपाई मधेशी भएको भए बुझनु हुन्थ्यो होला हाम्रो पिडा र समस्या । के तपाई कहिले सोच्नु भयो मधेशीहरु नकामा धर्ना दिन किन गए ?, नाकावन्दी किन गरे ? मधेशी अन्दोलनकारीहरु सदरमुकाममा शान्तिपुर्ण रुपले प्रदर्शन गर्दा तपाईहरुका दाई, भाई, काका, फुफा, नाना लगायतकाहरुले हाम्रो दाई, भाई, वहिनी, आमा, काकी, काका र चार वर्षीय वलाक समेतलाई ताकी ताकी टाउको र छातिमा गोली हानी हत्या गरेका हुन । अनि त्यो वेला तपाईहरुले मुखमा दही जमाएर बस्नु भएको होइन ? अनि हामी अन्दोलन गर्न कहाँ जाने ? कति जना शहादत दिइरहने ? वाध्य भएरा हामी नाकामा गएका हौं जुन कुरा तपाईलाई थाहा नभए पनि अन्तार्राष्ट्रिय स्तरले पनि थाहा पाएको छ र प्रतिबेदनहरु सार्वजनिक गरेको छ ।

हो, जनतालाई दुख भएको हो तर तपाईहरुभन्दा कयौं गुना मधेशी जनतालाई दुख भएको हो । तपाईहरुका लागी भैरहवा नाकाबाटा दैनिक सयौं ट्यांकर पेट्रोल र ग्यांसका बुलेट, खाद्य सामाग्री प्रहरीले स्कीटंग गरेर पठाएको थियो तर हामी त्यही भैरहवाका वासी दाउरामा खाना पाकाएर काँचो भात खाएरा बसेका हौं । मरता तो क्या नही करता ।

मेरो विचारमा तपाईले डा.सीके राउतको शब्दलाई कापी पेष्ट गर्नु भएको छ । डा.साहब पनि भन्नु हुन्छ मधेशी दलहरुको लक्ष्य स्पष्ट छैन । अव नेपालमा मधेशीको अधिकार सुनिश्चत हुन सक्दैन । अव मधेश अलग देश हुनु पर्दछ । अनि मात्र मधेश अधिकार सम्पन्न समृध मधेश देश हुन्छ । तपाईको पनि लक्ष्य त्यही हो भने मलाई भन्नु केही छैन ।

होइन भने मधेशीहरु एक मधेश एक प्रदेशबाट एक मधेश दुई प्रदेशमा झरेकै हुन । केही न भए पनि नेपालको अन्तरिम संविधान २०६३ मा भएको व्यवस्थावाट आगाडि ननढ्ने हो भने पछाडी न जाऔं अव कति लचकता अपनाउने हो ? हो, ओली जीलाई हराउन मधेशी दलले भोट गरेका हुन् त्यसको मतलब संविधान स्वीकार्य गर्नु होइन ।

हिन्दीमा एउटा कहावत छ ‘उल्टा चोर कोतवाल डाँटे’ तपाईहरु र तपाईहरुका बाबा, काका, मामा, दाई, भाईलायतकाहरुले हाम्रो ५० जनाभन्दा बढी परिवारलाई टाउको र छातिमा गोली हानी हत्या गरे अनि उल्टै माफी हामी माग्ने ?

लाज र शरम भन्ने चिज त छदैछैन । तपाईहरु कानुनकै बिद्यार्थी भए पछि त पढनु भएकै होला कानुनको उल्लंघन क्षाम्य हुदैन त्यसमा पनि तपाईका परिवार, नाता गोता त मानवता विरुधको अपराध गरेका छन् । बिश्वको कुन संविधान र कानुनले शान्तिपुर्ण अन्दोलनमा छाति र टाउकोमा गोली चलाउने व्यवस्था गरेको छ । उनीहरुलाई त अन्तर्राष्ट्रिय फौजादरी कानुन प्रणाली अन्र्तगत कारवाही गर्नु पर्दछ ।

सहिद ४ बर्षीय वालक चन्दन पटेलका आमा जस्तो आमाहरुको कोख रित्तएका आमाहरु, सहिद हिफाजत मियाँ अन्सारीकी श्रीमति जस्ता सिंदुर पुछिएका नारीहरु, प्रियंका पाण्डेय जस्ता अनाथ वाल वालिकाहरु, सहिद द्रोपती चौधरीका श्रीमान् जयनाथ प्रसाद चौधरी जस्ता विधुर श्रीमानहरु र सहिद दिलिप चौरसियाका पिता छोराको वियोगमा तडपि रहेका रामेश्वर प्रसाद चौरसीया जस्ता आँखाको तारा गुमाएका वावुहरुले कहिले पनि माफ गर्ने छैन्न भन्ने मेरो वुझाई हो ।

नेपालको संवधान २०७२ को भाग २ को ११ (६) नेपाली नागरिकसंग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगिकृत नागरिकता लिन सक्नेछ भन्ने व्यवस्था छ । शर्मा र घोरसार जी के नेपालमा संघिय कानुन छ ? कहिले कानुन बन्छ र कहिले नागकिता पाउने हो ? धारा २८९ ले मलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, सभामुख, प्रदेशसभा प्रमुख, सुरक्षा निकाय प्रमुखको पदमा र्निर्वाचित, मनोनीत वा नियुक्ति हुन दियो तर मलाई जन्म दिने मेरो आमालाई किन दिएन हजुर ?

अमेरिका, बेलायत, जपान, हँगकँग जस्ता मुलुकले नेपालीहरुलाई बसोवास गरेको अधारमा ग्रीनकार्ड र पिआर दिन्छ र देशको संबैधानिक पदमा जान दिन्छ र एउटा नेपाली अमेरीकाको संसद हुँदा ठुलो नाक फुलाउने अनि आफनो श्रवश्व त्यागेर नेपाली केटासंग विहे गरेको कारण उक्त पदमा किन जान नापउने ? र, सधारण नोकरीको लागी पनि ५ बर्ष कुर्नु पर्ने ? यो कहाँको न्याय हो ? तपाईहरुलाई मेरो भाग खोस्ने हो कि भन्ने डर किन ?

योग्यता अनुसारको मान्छे काम पाउनु पर्दछ । तपाईहरु त एलएलबीमा मानव अधिकार पढनु भएकै होला । खोइ त उनीहरुको मानव अधिकार ? मेरो दिदिको विहे भारतमा भएको छ । उ भोली पल्टनै नागरिकत्ता पाएको छ, नोकरी पनि पाएको छ र भारतको संविधान हेर्ने हो भने कहि कतै त्यस्तो वोलेको अवस्था छैन । तपाई कुन दिदि वहिनीको कुरा गर्नु भयो ? आफ्नो दिदि वहिनीको राखीको लाज राख्न हामी मधेशीलाई सिखाउनु पर्दैन । हामी ज्यान दिन सक्छौं तर दिदि, वहिनी र आमाको इज्जत जान दिदैनौ । हामी भोको पेट बस्छौं तर आफनो दिदि वहिनीको पेट भर्छौ । त्यो हाम्रो रगतमा छ, तपाईहरुले सिकाउनु पर्दैन ।

sailendra_ambedkar
दोगला तर्क त तपाईहरुको हो । जो पहाडवाट मधेशमा आएर अफ्नो नाता गोता पर्ने प्रमुख जिल्ला अधिकारीसंग मधेशीको सर्टीफिकेट लिनु हुन्छ र मधेशीको भाग खोस्नु हुन्छ । दुई सय चालिस वर्षदेखी अहिलेसम्म पनि मधेशी, दलित, जनजातीलगायताका अल्पसंख्यक तथा सिमान्तकृत समुदायहरुलाई ठगदै आउनु भएको छ । हालसम्म देशको संरचना हेर्ने हो भने करिव ८५ प्रतिशतभन्दा बढी खस आर्य नै छन् ।

अधिक्तम १५ प्रतिशत मधेशी, दलित, जनजातीलगायताका अल्पसंख्यक तथा सिमान्तकृत समुदाय छन् । आर्थिक रुपले विपन्न खस आर्य भनेर १५ प्रतिशतलाई ५ प्रतिशतमा झार्ने खोलो खेल्नु खेलिएको कुरा हामीलाई पनि थहा छ । ल सबै सिटलाई सय प्रतिशत मानौ र जसको जति प्रतिशत जनसंख्या छ त्यती प्रतिशत भाग लगाऔं । विश्वको कुन संविधानमा उच्च जातलाई आरक्षण दिइएको छ ? नेपालको संविधानमा खस आर्यलाई चार ठाँउमा परिभाषित गरिएको छ ।

किन अरु जातको परिभाषा गरिएन ? थारुहरुको लागी मधेशीले अन्दोलन गरेन रे अनि को गर्यो त ? तपाई जस्ता नक्कली मधेशीहरुले ? थारुहरुलाई कसले दास वनायो ? कमलरी कसले वनायो ? त्यो जग जाहेर छ शर्मा जी । थरुहट अन्दोलनमा कफर््युको समयमा पनि थारु चोलीहरुलाई बलात्कार गरियो, थारुहरुको घर टहरा जलाइयो, हालसम्म पनि क्यौं थारुहरु विस्थापित भएका छन् । ५० औं जना जेलभित्र र्निमम यातना भोग्न वाध्य भएका छन् । त्यो सव कुनै मधेशीले गरेको छैन् त्यौ खस खार्य नै गरेका हुन जुन तपाईहरुको पनि कुनै कुनै तर्फले नाता गोता पर्दछन होला । मधेशी र थारु सदियौं देखीको दाई भाई हुन र रहने छन् त्यसमा कुनै खस खार्यले टाउको दुखाउनु पर्दैन ।

मधेशी र पहाडी बीच मतभेद तपाइहरुले गर्नु भएको छ कुनै मधेशी र थारुले गरेको होइन । मधेशी, थारुलाई तपाईहरुले दास बनाउनु भएको छ । कालो अनुहार हेरेर भैया, भेले, मर्सिया तपाईरुह भन्नु भएको छ हामीले होइन । सिमाको संरक्षण मधेशी थारुले गरेका छन् कुनै पहाडीले गरेको होइनन् । सिमानामा दैनिक भारतीय प्रहरीको लाठी हाम्रा मधेशी थारु दाजु भईहरुले खाएका छन्, तपाईंको होइन । यदि मतभेद छैन भने सदियौंदेखि शोषित पीडित थारुहरुलाई नावलपरासीदेखी कंचनपुरसम्म थरुवट प्रदेश किन स्वीकार्य हुदैन ?

चितवनदेखी झापासम्म मधेश प्रदेश किन स्वीकार्य हुदैन ? के पहाडी वा खस आर्यहरु थरुहट वा मधेश प्रदेशमा बस्नु हुदैन ? संगै बस्दा के बिग्रन्छ ? कि अल्पमतमा परिन्छ ? दुई सय पच्चास वर्षदेखि त तपाईहले शासन गर्नु भएकै छ देश कुन अवस्थामा गर्नु भएको छ त्यो संसारलाई थाहा छ । थरु र मधेशीलाई प्रदेश चलाउन त दिनुस अनि हेर्नुस । हामीहरुलाई तपाईहरुभन्दा पनि बढी आफनो मातृभुमिको माया छ । देशको करिब ८० प्रतिशत अर्थतन्त्र थरुहट मधेशले धानेको छ हाम्रो प्रदेश गरिव हुन्छ भनेर चिन्ता न गर्दा नै बेश हुन्छ । हामी आफनो माृतभुमिको रक्षा गर्न सक्षम छौं ।

मधेशी र थारुको विरुद्ध यसरी वोल्ने तपाईहरु कसरी र किहले देखी मधेशी बन्नु भयो ? तपाईहरु मधेशी हुदै होइन, तपाईहरुको भेष, भुषा, भाषा, रितिरिवाज, रहन सहन आदी केही पनि मधेश र मधेशी संग मेल खादैन । अनि निराजन शर्मा र रामशरण घोरासैनी जी तपाईहरु कहिले देखी कसरी मधेशी हुनु भयो ?

अन्तयमा देशलाई सहि निकास दिनका लागी संबिधान संशोधन गरी मधेशी, दलित, जनजाति, थारुलगायत अल्पसंख्यक तथा सिमान्तकृतको माग संबोधन गरिनु पर्छ ।

कभर फाईल तस्बिर : मधेशी पहिरणमा गैरमधेशी युवा

किन पहाडेहरु मधेशी बन्न खोज्दैछन् ? (अम्बेडकर १)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.