
हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । जनकपुरधाममा आज(मंगलबार)बाट हुने भनिएको मधेश प्रिमियर लिग(एमपीएल) क्रिकेट टुर्नामेन्टको दोस्रो सिजनलाई गृहमन्त्री विमलेन्द्र निधिले राके पछि राजविराजमा सुरु भएको छ ।
एमपीएलको उद्घाटन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले गर्ने हल्ला चलेपछि गृहमन्त्री निधिले जनकपुरधाममा एमपीएल खेल्न रोक लगाएको धनुषा प्रहरी श्रोतले जनाएको छ ।
गृहमन्त्री निधिकै गृहजिल्लामा डा.राउतले खेल उद्घाटन गर्ने भनिएपछि जनकपुरधाममा एमपीएलमा रोक लगाइएको श्रोतले जनाएको छ ।
तर खेलको उद्घाटन डा.राउतले गर्ने विषयमा अहिलेसम्म एमपीएल बोर्डले निर्णय नगरेको एमपीएलका संजिव यादवले हुलाकी न्यूजलाई बताए ।
अर्कोतर्फ धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले एमपीएल रोक्न गृहमन्त्रीले दबाब नदिएको हुलाकी न्यूजलाई बताए । चापागाईले भने,‘आन्तरिक सुरक्षाका कारण हामीले एमपीएल त्यस ठाउँमा हुन दिनौं । यसमा गृहमन्त्री ज्यूले कुनै आदेश गर्नु भएको छैन ।’
सुरुमा जनकपुरधामको कबड हलमा हुने भनिएको एमपीएललाई केही राजनीतिक दलका कार्यकर्ताहरुले रोकेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर जनकपुर चुरोट कारखानामा गर्ने सम्पूर्ण तयारी पुरा भएको थियो । उद्घाटन खेल हुनुभन्दा एक दिन पहिले सशस्त्र प्रहरी बलले तयारी रोकेको थियो । उक्त विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा माथिको आदेशमा एपीएल रोकिएको प्रतिक्रिया दिएको एमपीएलका यादवले बताए ।
राजविराजमा सुरु भयो एमपीएल
जनकपुरधाममा एमपीएलको उद्घाट खेल हुन नदिएपछि राजविराजको बालमन्दिरको मैदानमा आजबाट एमपीएल सुरु भएको छ । एमपीएलको उद्घाटन मधेश आन्दोलनका सहिद परिवारहरुले गर्ने भएको छ ।
उद्घाटन खेलमा क्रिकेट क्लब राईट सिरहा र चपुर क्रिकेट क्लब रौतहट भिड्दैछ । उद्घाटन खेल दिउँसो ११ बजेपछि हुने आयोजकले जनाएको छ ।
एमपीएलका सम्पूर्ण खेलहरु पहिलेकै तालिका अनुसार हुने तथा स्थान मात्र परिवर्तन भएको एमपीएल बोर्डले जनाएको छ ।




खुशी कि बात है जय मधेस !!
आजका Topic है ।
******************
Go Back Nepal कहने का समय आगया है जैसा अनुभव होने लगा है । नेपाली पुलिस सेना सभी को मधेश छोड़ कर आप सभी अपना नेपाल वापस चले जाओ कहने का समय आ गया है । MPL क्रिकेट मैच के लिए नेपाली जिल्ला प्रशासन से (CDO से ) लिखित अनुमति लिया गया था । खेल आज से ही जनकपुर में उदघाटन होने वाला था लेकिन नेपाली प्रशासन का अनुशासन हिन् सस्त्र प्रहरी ने खल के रोक दिया । अब मधेशी को किरकेट खेल नही खेलने दिया जाएगा । मुझे लगता है नेपाली सरकार का सभी पुलिस सेना सस्त्र को मधेश जल्द से जल्द छोड़ दे कहना पड़ेगा । Mr Nepal police /Army please go back Nepal . आपका क्या राय सल्लाह है ? जरूर दीजियेगा ।
नेपाली उपनिबेश का अन्त्य हो । मधेश देश स्वतंत्र हो । हर हर सीके । घर घर सीके ।
मधेश को आरक्षण नहीं आज़ादी की जरुरत है ।
मधेश के लिए आज़ादी,( स्वतन्त्र मधेश ) जरुरत है .
जनचेतना के लिए अधिक से अधिक सेयर करे…….
राजतन्त्र और गणतन्त्र बहुत होगया।
अब सिर्फ मधेस स्वतन्त्र होना चाहिये।
जनमत सङ्ग्रह ऐलान हो
मधेस देश आजाद हो ।
जय मधेस ।
It is really huge offer for madheshi youth to give their huge performance in this world. I request to Mr. C. K Raut to keep this MPL in live so the madheshi youth whose are in abroad then can see and can share to the world.