birendra-mahato
हुलाकी न्यूज, काठमाडौं १ कार्तिक । संघीय समाजवादी फोरम नेपालका सांसद एवं नेता डा. वीरेन्द्र महतोले ठूला दलहरु विभिन्न बहानामा मधेशलाई उपेक्षा गरे आगामी दिनमा त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मधेशको समस्यालाई सिंगो मुलुकका रुपमा लिन आग्रहसमेत गरेका छन् । ‘मधेशलाई उपेक्षा गर्ने दलहरुले आगामी निर्वाचनमा त्यसको क्षति व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने ।

वर्तमान सरकारको पहिलो काम संविधान संशोधन प्रस्ताव दर्ता गराउने रहेको बताउँदै उनले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताएका छन् ।

महतोले वर्तमान सरकारलाई मधेशी मोर्चाले समर्थन गर्नुको मुख्य उद्देश्य मधेश समस्या समाधान गर्नु रहेको बताए ।

उनले पहिला सरकारले संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने भन्दै सरकारले प्रस्ताव ल्याइसकेपछि सबै दलसँग परामर्श गरी सहमतिमै संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.