tajiya-mela
रविन्द्र यादव, नवलपरासी १ कार्तिक । मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाइएको थियो । यस वर्ष जिल्लाको महेशपुर, भुजहवा, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाइएको थियोे ।

जसमध्ये सबभन्दा विशाल नवलपरासीको महेशपुरमा निर्माण गरिएको थियोे । जुन देशमै सबैभन्दा विशाल ताजिया रहेको थियो । जसको क्षेत्रफल करिब एक सय फिट चौडाइ र एक सय पचास फिट अग्लो रहेको थियो ।

मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको थियो । मेला नवलपरासी जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउँहरुमा बासको ठुलो ठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको थियो ।

मेला आइतबारसम्म चलेको थियो । यसैगरी महेशपुर को विशाल ताजिया मेला एक कार्यक्रमका बिच समापन गरिएको छ । महेशपुर ताजिया मेला समितिका अध्यक्ष सुनिल पटवा को अध्यक्षता रहेको समापन कार्यक्रममा मधेशी युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहेका थिए ।

मंचका उपाध्यक्ष युवराज मौर्या, भुजहवा मंचका अध्यक्ष अम्मर यादव, दिपु लगायतका उपस्थिति रहेको थियो । आइतबारसम्म संचालित ताजिया मेलामा थकरी, ढाकातास, लाठी भाला, भेडा जुधाउने समेतको खेल प्रतियोगिता भएको थियो ।

जसको प्रथम हुने टिमलाई प्रमुख अतिथिले एउटा कलर टिवी प्रदान गरेका थिए भने दोस्रो हुने टिमले एउटा साइकल हात पार्न सफल भएका थिए । तेस्रो हुने टिमलाई भित्ते घडी र नगद प्रदान गरिएको थियो ।

ताजिया निर्माणका लागि बाँस, रिम, कागज, काटी, तार र गम आवश्यक पर्ने गरेको ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन् । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारतबाट दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको हुन्छ ।

हिजरीको पहिलो महिना मोहरर्मुल हरामको १० तारिखका दिन इस्लामको संरक्षक मानिने धर्मगुरु हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराकको बगदादस्थित करबलामा सहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ ।

केहीले व्रतसमेत बस्ने गरेका छन् । देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बासका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.