
मनिष गुप्ता, कपिलवस्तु १ कार्तिक । हातहाथियार तथा खरखजाना मुुद्दाका एक जना फरार अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरिएको छ ।
२०७१ साउन १९ गतेदेखि फरार रहेका दाङ जिल्लाका ३३ वर्षीय लोक बहादुर बुढालाई उनकै घरबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।
चन्द्रौटामा रहेको प्युठानी होटलमा छापा मार्ने क्रममा लोकबहादुर बुढा र बसन्त घर्तीलाई अत्याधुनिक एक थान पेस्ताल र दुई राउन्ड गोली सहित घर्ती पक्राउ परेका थिए ।
तर बुढा होटलको छतबाट हाम्फालेर भागेका थिए । बुढा दाङ प्रहरीको सहयोगमा पक्राउ परेका हुन् ।
बुढामाथि हातहातियार तथा खरखाजाना मुुद्दा रहेकोले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको र बुढामाथि जिल्ला अदालतले ४ वर्ष कैद सजाय सुनाएको वडा प्रहरी कार्यलाय चन्द्रौटाले जनएको छ ।



