
हुलाकी न्यूज, जलेश्वर ३० असोज । जलेश्वर नगरपालिकामा केही राजनीतिक दलहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
नगरपालिकाबाट कारवाही भई सेवाबाट बरखास्त गरिएका इन्जिनियर पवनकुमार झाले कर्मचारीहरुलाई हुलहुज्जत गरी गैरजिम्मेवारपूर्ण कार्य गरेको भन्दै कारवाहीको मागलाई लिएर आइतबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
कर्मचारीहरुलाई लछारपछार र दुव्र्यवहार गरेको भन्दै कारवाही नगरिएको कारणले अनिश्चितकालका लागि तालाबन्दी गरिएको जनाएको छ ।
जिल्लाका बुद्धिजीबीहरुले काज फिर्ता भई आएका कर्मचारीलाई कामकाज गर्न दिनुको साटो राजनीतिक दलहरुले व्यक्तिगत फाइदाको लागि जलेश्वर नगरपालिकालाई बन्धकी बनाएको भन्दै यस्तो कार्यको कडा आपत्ति जनाउँदै तत्काल कार्यालय खोल्न अपिलसमेत गरेका छन् ।



