
रविन्द्र यादव, नवलपरासी ३० असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले स्थानीय र प्रादेशिक निर्वाचन तत्कालै गराउनुपर्ने बताएका छन् ।
निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमाले सहीत मधेशी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचन गराउनुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेस कावासोती नगर समितिले दशैं, दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नवलपरासी आएका कोइरालाले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
निर्वाचन नभएसम्म संघियता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यसका लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा कोईरालाको तर्क थियो ।



