MPL
हुलाकी न्यूज, जनकपुरधाम । मधेश प्रिमियर लिग(एमपीएल) क्रिकेट टुर्नामेन्ट दोस्रो सिजनको उद्घाटन खेल जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाको खेल मैदानमा हुने भएको छ ।

कार्तिक दुई गते मंगलबारबाट सुरु हुने एमपीएलको उद्घाटन खेल दिउँसो ११ बजेबाट सुरु हुने जनाइएको छ ।

मधेशका १६ वटा किक्रेट टीम सहभागी हुने एमपीएलका खेलहरु हेर्न दर्शकलाई कुनै शुल्क लाग्ने छैन ।

खेलजगतमा मधेशलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उदेश्यका साथ सुरु गरिएको एमपीएलको फाईनल खेल राजविरजामा हुनेछ ।

यसअघि उद्घाटन खेल जनकपुरधामको कबड हलमा हुने भनिए पनि जचुकालीको खेल मैदान सहज र सहर भित्रै परेकोले जचुकालीमा हुन लागेको आयोजकले जनाएको छ ।

मधेशी इन्जिनियरिङ्ग स्टुडेन्टस् युनियनले आयोजना गरेको एमपीएललाई विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए)ले सहयोग गरेको छ । त्यस्तै हुलाकी न्यूज डटकम मिडिया पाटनर रहेको छ । साथै मधेशी अराउन्ड द वल्र्ड एशोसिएशन (एमएडब्ल्युए) ले पनि एमपीएललाई सहयोग गरेको छ ।

MPL-2 Logo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.