हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । नयाँ संविधानको विरोधमा आज नेपालसहित विश्वभरीका मधेशी–थारुले कालो दिन मनाउँदैछन् ।
नयाँ संविधान मधेशी–थारु–मुस्लिम–आदिवासी–जनजाति विरोधी रहेको भन्दै संविधान जारी हुने दिन आज कालो दिनका रुपमा मनाउँदैछन् ।
मधेश–थरुहटमा सर्वसाधारणले कालो पट्टी बाँधेर तथा घरमा कालो झण्डा झुण्डियाएर कालो दिन मनाउँदैछन् ।
साँझ मधेशका जिल्लाहरुको सदरमुकाममा पनि प्रदर्शन हुने मोर्चाहरुले जनाएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त थरुहट मधेशी मोर्चा, थारु संघर्ष समिति, मुस्लिम गठबन्धनहरुको संयुक्त आह्वानमा कालो दिन मनाइदैछ ।
अर्कोतर्फ अधिकांशले स्वस्फूर्तरुपमा मधेशी–थारु–मुस्लिमहरुले कालो दिन मनाउँदै छन् ।
नेपाल सरकार र तीन दलले नयाँ संविधान जारी गर्ने दिन आज दिपावली मनाउन आह्वान गरेको छ । तर मधेश–थरुहटमा घरघरमा कालो झण्डा गाडिएको छ । दिपावलीको साटो कालो दिनको रुपमा मनाईँदैछ ।
समाजिक सञ्जालका भिता नै कालो
मधेशी–थारुहरु समाजिक सञ्जालबाट विरोध गर्दै आएका छन् । उनीहरुले फेसकुब ट्वीटरमा कालो झण्डा राखेका छन् । आज विहानैदेखि समाजिक सञ्जालका भिताहरु कालो देखिएको छ ।
नयाँ संविधानको विरोधमा विभिन्न स्लोगनहरु लेखिएको छ । राज्यप्रति आक्रोस पोखिएको छ ।
विश्वभरीका मधेशी–थारु कालो दिवस मनाउँदै
आज अमेरिकामा मधेशी–थारु–जनजाति संयुक्त रुपमा कालो दिन मनाउँदैछन् । विशेष कार्यक्रमरी उनीहरुले कालो दिन मनाउन लागेका हुन् ।
त्यस्तै भारतको बेंगलुर र दिल्लीमा पनि कालो दिन मनाइँदैछ ।
यता बंगलादेशमा रहेका मधेशीहरुले पनि कालो दिन मनाउँदैछ ।
त्यस्तै, लण्डन, अस्ट्रेलीयासहित विश्वका विभिन्न देशमा रहेका मधेशीहरु कालो दिवस मनाउँदैछन् ।











DOOMSDAY….