
शैलेन्द्र अम्बेडकर (हरिजन)
२०७३ आश्विन २५ गते निराजन शर्मा र रामशरण घोरासैनीद्वारा लिखित दिपेन्द्र जी, किन विभेदको एक पक्षीय गीत गाउनु हुन्छ ? भन्ने शिर्षकमा सेतोपाटीमा प्रकाशित लेख पढ्ने फुर्सत नहुदाँहुदै पनि पढने प्रयास गरेर पढें । खास गरी म यस्ता लेखहरु पढेर आफ्नो अमूल्य समय बरवार्द गर्न चाहदैन्न । तर पनि पढें ।
यसमा लेखक द्वय कानुन विद हुनुहुँदो रहेछ र म एक कानुनको विद्यार्थी परे । दिपेन्द्र जीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको खुल्ला पत्रको जवाफ तपाई दुई जना ओली जीको निजी वकिल भएको नाताले दिएको हामी अधिकांस मधेशी युवाहरुलाई भान भएको छ ।
आज मधेशी बन्नु भयो, भोलि जनजाती बन्नु हुन्छ, पर्सी दलित पनि र यदी नर्कमा केही व्यवस्था हेर्नु भयो भने त्यहाँको पनि अध्यक्ष बन्न तपाँइहरु पछि पर्नु हुन्न जस्तो मेरो बुझाई छ ।
तपाईहरुले आफुलाई मधेशी ठान्नु भएको कुरा वडा नम्रताका साथ पेश गर्नु भएको छ । म तपाईहरु दुवै जनालाई प्रश्न गर्न चाहन्छु तपाईहरु कहिलेदेखी मधेशी हुनु भयो ? के पहाडबाट मधेशमा झरेर मधेशको वन, जंगल, जमिन कब्जा गरेर सिधासाधा मधेशी जनतालाई ठगेर ५ तल्ले घर बनाई बसोवास गर्न थाले पछि मधेशी भइन्छ ?

तपाईहरु रिक्सावाला, ठेलावालालाई भैया, भेले, देशी किन भन्नु हुन्छ ? के तपाईहरु रिक्सा चालकलाई भैया भन्नु भएको छैन ? तपाई पनि मधेशी हो भने किन भन्नु भएको हो ?
तपाईहरु जस्ता नक्कली मधेशीहरुले भैरहवामा शान्तिपुर्ण अन्दोलन गर्दा ४ जना मधेशी अन्दोलनकारीलाई हत्या गरेर नदिमा फालेकै हुन् । तपाईहरु मधेशको भेष भुषा, धर्म, सस्कृति, रहनसहन, रितिरिवाज कति मनाउनु हुन्छ ? तपाईहरु दशैंमा, वोका खसी काट्नु हुन्छ तर मधेशमा ९ दिन सम्म अन्न नखाई उवास गरिन्छ र नौ दिनसम्म दुर्गा पुजन गर्ने चलन अहिले पनि छ ।
एक चोटी मधेश हेर्न आग्रह गर्दछु । तपाईहरु छठ कति मनाउनु हुन्छ ? के तपाईको छठ मनाउने संस्कृति हो ? तपाईहरुको र हाम्रो धर्म, संस्कृति, भेष भुषा, रहमन सहनमा जमिन र आसमानको फरक छ । तपाई कसरी मधेशी हुनु भयो ?
तपाईलाई थाहा होला तपाईको खाने दालको नुन र तपाईको छिमेकमा बस्ने एक मधेशीको दालको नुनमा पनि फरक हुन्छ । तर झापा जिल्ला घैलाडुब्बा गाउँको कुनै एक मधेशीले खाने दालको नुन र कंचनपुर जिल्लाको बेलौरी गाँउको कुनै मधेशीले खाने दालको नुन समान हुन्छ ।
दशैंमा घैलाडुब्बामा पनि ९ दिनसम्मा ब्रत बसेर पुजा गरिन्छ भने बैलौरीमा पनि । हाम्रो मधेशीको विवाहमा केटी पक्षले केटा खोज्न जान्छन् तर तपाईहरुमा केटा पक्षले केटी खोज्न जान्छन् । तपाईहरुकोमा पञ्छे बाजा बजाइन्छ भने हामी मधेशीहरुमा अंग्रेजी बाजा, हाम्रोमा ढाका टोपी लगाइदैन । दुल्हाको छु्ट्टै टोपी हुन्छ त्यो जीवनमा एक दिन मात्रै लगाइन्छ तर तपाईको जीवन भरी लगाइन्छ । यस्ता तपाईहरु जस्ता नक्कली मधेशी र मधेशमा सदियौंदेखी बस्दै आएका मधेशीहरु बीच जमिन र आसमानको फरक छ । अनि तपाई कसरी मधेशी हुनु भयो ?
हाम्रो मधेशमा एउटा कहावत छ ‘जाँहा वरी उही तापब’ भनेको जाँहा आगो बल्छ त्यही ताप्छु । तपाईहरु पनि त्यही हो । जाँहा जे बनेर सेवा, सुबिधा पाइन्छ त्यहाँ त्यही बन्नु हुन्छ । आज मधेशी बन्नु भयो, भोलि जनजाती बन्नु हुन्छ, पर्सी दलित पनि र यदी नर्कमा केही व्यवस्था हेर्नु भयो भने त्यहाँको पनि अध्यक्ष बन्न तपाँइहरु पछि पर्नु हुन्न जस्तो मेरो बुझाई छ ।
क्रमसः




पुर्वाग्रहि र घमण्डले अाेतप्राेत एउटा निकृष्ट अनि वाहियात लेख !
हामी जस्ता तिनपुस्ता यहिं बिताएका हरुलाई चैं तिमी के उपमाले सम्बाेधित गर्छौ त लेखक भनाउदाे महाेदय……।
Good analysis.
कसको सोचाइ कति छ भन्ने मात्र हो । यो लेख पढेर समय खेर फालेको महसुस भयो ।
यो भाईले आँफु कानुनको बिध्यार्थी भने तर अली बुझ पचायको या अनपढ़ जस्तो तर्क गरेको देखीयो । ईनको हिसाबले के तेली सुरी कलवार यादब झा कायस्थ धाुनक कुर्मी मात्र मधेसी हुन ? केही बर्ष पहिले पहिले देखी ब्यापार र कामगर्दै बसेका बिहारीहरु रंग र थर मिल्दैमा नेपाली भए ? ए हजुर मधेशी र बिहारी नेपालको सन्दर्भमा फरक कुरो हुन। मधेसमा परापुर्ब कालदेखी बस्तै आएकोलाई नै मधेसी भनिन्छ । जरुरी छैन तरकारीमा नुन बराबर हाल्न । तिमीले घाटमा गएर छठ पनि हेरेको जस्तो लागेन ? तिम्रो सोँच तल्लो स्त्रोतों छ जस्तो लाग्यो धोति सबैले लगाउँछ बाहुनहरुको मा हेर मन्दीरमा हेर पुजा-पाठमा हेर एसमा धानुख-कुर्मी आचार्य-थापा कसैको कपिराईट छैन । र ढाकाटोपि नेपाल र नेपालीको सान हो कुनै मधेशी या पहाडी जातको होईन ।
वा ! अवसरवादीहरुलाई दरिलो झापड ।
सहि लाग्यो तपाईंको लेख ।