
हुलाकी न्यूज, जनकपुरधाम २६ असोज । विजया दशमीको अवसरमा धनुषाको सबैलामा आयोजित जिल्ला स्तरीय विभिन्न खेल प्रतियोगिताहरु सम्पन्न भएको छ । कबड्डी प्रतियोगितामा सतोषर सेवा समिति र भलिबलमा महोत्तरी भलिबल क्लब गोरहन्ना विजयी भएको छ ।
धनुषा र महोत्तरीका विभिन्न १९ वटा टीम सहभागी रहेको प्रतियोगिताको अन्तिम खेलमा डुमरियाले सतोषरलाई पराजित गरी च्याम्पियन घोषित भएको हो । सतोषरले १७ र डुमरीयाले २१ अङ्क प्राप्त गरेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै खाता खोल्न सफल डुमरिया टीम खेलको मध्यम समयसम्म पुग्दा सात अङ्कले पछाडी परेपनि धैर्यता प्रदर्शन गर्दै अन्तिममा चार अङ्कको पराकिलो अन्तरले विजयी प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा धनुषाबाट पशुपति युवा क्लब मटही, बालकृष्ण युवा क्लब गोविन्दपुर, गुरास यूवा क्लव सबैला, सतोषर सेवा समिति, भागेश्री युवा क्लब मखनाहा, रामजानकी युवा क्लब डुमरीया, हनुमान युवा क्लब नवटोली, शिवशक्ति युवा क्लब भठिहन, क्षिरेश्वर स्पोर्ट्स महेन्द्रनगर, जनचेतना युवा क्लब डुमरीया र भैरव युवा क्लब गेरुवाहीलगायत टीम सहभागी रहेको आयोजक गुरास युवा क्लबका अध्यक्ष हरेराम यादव ‘नथुनी’ ले जनाए ।
प्रतियोगिताका विजयी टीमलाई नगद ८ हजार ५१, सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई नगद ४ हजार ५१, मेडल, सिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । खेल व्यवस्थापन र प्रबद्र्धन गर्न स्थानीय सान नेपालका प्रबन्धक राजेन्द्रकुमार साह, राहुल वस्त्रालयका कमलेश जयसवाल र सञ्जयप्रसाद जयसवालले सहयोग गरेको आयोजक समिति सदस्य इन्जिनियर संजीव यादवले जनाए ।
बुधबारै सम्पन्न भएको भलिबल प्रतियोगितामा महोत्तरी भलिबल क्लब गोरहन्ना विजयी भएको छ । उक्त खेलमा विजेता गोरहन्ना टीमलाई नगद दश हजार ५१ र उपविजेता आयोजक रामजानकी युवा क्लब सबैलालाई पाँच हजार ५१ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।




कब्डी मा जनचेतना युवा कल्ब को बिजय भएको भएको हुनुपर्ने तथा
ईन्जिनियर संजिब यादव को ठाउँ मा ईन्जिनियर राजेश यादव हुनुपर्ने