
हुलाकी न्यूज, काठमाडौं । संविधान संशोधन विधेयक दर्ता प्रक्रिया अन्योल रहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटै तहको निर्वाचन तोकेकै समयसीमाभित्र सम्पन्न गराउने दाबी गरेका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा उनले संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने दाबी गरेका हुन् ।
मधेशी मोर्चासँग गरेको तीनबुँदे सहमतिको प्रमुख माग सीमांकनबारे अहिलेसम्म सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रकै कारण ढिलाई भइरहेको मोर्चाका नेताहरुको आरोप छ ।
सीमांकन टुंगो नलागेसम्म मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने मोर्चाका नेताहरुले दाबी गरिरहेका बेला कांग्रेस सभापति यस्तो अभिव्यक्ति दिएका हुन् ।



