birendra-mahato
हुलाकी न्यूज, सिरहा । संघीय समाजवादी फोरम नेपालका सांसद तथा केन्द्रीय सदस्य डा. विरेन्द्र महतोले संविधान संशोधन विधेयक संशोधन प्रस्ताव दर्तामा भइरहेको ढिलाईप्रति टिप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको नियतमाथि नै शंका लाग्न थालेको बताएका छन् ।

महतोले शनिबार गृहजिल्ला सिरहामा झिझिया पर्वमा सम्बोधन गर्दै सो कुरा बताएका छन् । उनले सरकारले मधेशी मोर्चासँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

संविधान संशोधन प्रक्रिया अघि बढाउन सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले नै ढिलासुस्ती गरिरहेको उनको आरोप थियो । उनले अघि भने, ‘मधेशी मोर्चाको मागलाई सम्बोधन गर्न आनाकानी भैरहेको छ ।’ डा. महतोले अघि थपे, ‘‘संशोधन प्रस्ताव दर्तामा ढिलाई हुँदा प्रचण्डको नियत मै शंका लागेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.