damkal
अंकुश श्रीवास्तव, कपिलवस्तु २१ असोज । जिल्लाको पश्चिमी कृष्णनगर नगरपालिका मताहतको एम्बुलेन्स र दमकल संचालन हुने भएको छ ।

नगरपालिका कृष्णनगर तथा नागरिक समाजको पहल तथा भारतीय दूतावासको सहयोगमा कृष्णनगर आइपुगेको एम्बुलेन्स र दमकल दशैंपछि संचालन समिति बनाई तिहारभन्दा पहिला कार्यान्वयनमा ल्याउने कृष्णनगर नगरपालिकाका प्रमुख हरि पौडेलले जानकारी दिएका छन् ।

नगरपालिकाले पाएको दमकल, एम्बुलेन्स र फोहोर डुंगुर उठाउने टिप्पर संचालनका लागि प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेको रोहबरमा चन्द्रौटा होटेलमा बसेको असोज २ गतेको बैठकले विगतका बर्षहरुमा क्षति ब्यहोरेका गाबिस, नगरपालिकाका साथै जिविस, वाणिज्यसंघ तथा सम्बन्धित अन्य संस्थाहरुबाट स्रोत जुटाई समितिको मार्फत शुचारु गर्ने निर्णय भएको प्रमुख पौडेलले बताए ।

केही दिन पहिला एम्बुलेंस संचालन हेल्थपोष्टबाट चलाउने पहल गरिएको थियो तर हेल्थपोष्ट कृष्णनगरले असमर्थता जनाएपछि सुचार हुन नसकेको उनको भनाई छ ।

ambulance

विगतका बर्षहरुमा कपिलबस्तुमा भएका आगलागिका घटनाले गर्दा व्यहोर्नु परेको क्षति फेरि नदोहोरियोस ,त्यसका लागि हामीले दमकल ल्याउन भारतीय दुताबास समक्ष पहल गरेको र छिट्टै नै संचालनमा ल्याउने कपिलबस्तु क्षेत्र नः ५ का सांसद अभिषेक प्रताप शाह भन्छन् ।

पछिल्लो वर्षमा कपिलवस्तु जिल्लाका कुशवहा, पत्थरदेईया, वीरपुरलगायत जिल्लाका अन्य गाविसहरुमा भएका आगलागी घटनाले हजारौं परिवार विस्थापित हुन पुगेका थिए । त्यास्ता घटनाबाट जोगिनको लागि नै जिल्लाको पश्चिमी कृष्णनगर नगरपालिकामा दमकल ल्याइएको सांसद शाहको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.