
हुलाकी न्यूज, जनकपुरधाम २० असोज । मधेश प्रिमियर लिग (एमपीएल) दोस्रो सिजनमा १६ वटा मधेशका क्रिकेट टिमहरु सहभागी हुने भएका छन् । कार्तिक दुई गतेबाट जनकपुरधाम र राजविराजमा एकैसाथ हुने एमपीएलको उद्घाटन खेल भने जनकपुरधामको कबर्डहल मैदानमा हुनेछ ।
मधेशको क्रिकेटलाई व्यवसायी एवं अन्तर्राष्ट्रिय स्तरको बनाउने उदेश्यले गत वर्षबाट सुरु भएको एमपीएलको दोस्रो सिजन भव्य रुपमा हुने आयोजकले जनाएको छ ।
मधेशी इन्जिनियरिङ स्टुडेन्ट युनियनले आयोजना गरेको एमपीएल दोस्रो सिजनलाई विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी सँघले सहयोग गर्दैछ भने हुलाकी न्यूज डटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।
एमपीएल अध्यक्ष संजीवनारायण यादवका अनुसार एमपीएलको पहिलो सिजन राजविराजमा भएको थियो भने दोस्रो सिजन जनकपरधाम र राजविराजमा हुँदैछ ।
मधेशमा उत्कृष्ट खेलाडीहरु रहेपनि विभेदको कारण राष्ट्रिय टोलीमा समेटिन नसकिएका खेलाडीहरुलाई प्रोत्साहित गर्ने उदेश्यले एमपीएल गठन गरिएको एमपिएलका सल्लाहकार डा.विरेन्द्र यादवले बताए । यादवले केही वर्ष भित्रै नेपालभन्दा मधेशको नाम खेलकुद जगतमा प्रख्यात हुने दावी गरे ।

एमपीएलको तयारी बारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सहभागी क्यान यु–१९ टोलीका पूर्व कप्तान दिव्यांशु मल्लिकले आफूलाई उत्कृष्ट बलरको दावी गर्दै जातिय विभेदकै कारण अन्तर्राष्ट्रिय खेलमा भाग लिन नपाएको गुनासो गरे । ‘नेपालको खेल क्षेत्रमा राम्रोलाई होइन हाम्रोलाई प्राथमिकता दिने परिपाटी छ’ मल्लिकले भने, ‘मधेश समुदायका थुप्रै राम्रा खेलाडी प्रोत्साहन नपाएर प्रतिभा प्रदर्शन गर्न पाइरहेका छैनन् ।’
दिव्यांशुजस्तै अनिल मण्डल र महबुब आलमजस्ता कयौं खेलाडी क्यानको विभेदमा परी निरुत्साहित भएको दावी गर्दै एमपीएल अध्यक्ष यादवले ती खेलाडीहरुको मनोबल टुट्न नदिन र अन्य प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न अगाडि बढेको आयोजकले दावी गरे ।





I am cricketer ktm ma mero cricket ko tranning hudai xa ma pani khelna chahanxu MPL match plz ma ek Bastman hu &wiketkeepar hu plz mujhe bhi chanx do ms ek garib hu mujhe patanahi kya ke garnu par xa ma two years se tranning kardai xu plz chanx
Mero ghar janakpur ma cha hal chennai ma chu ma pani yo chance chornu sakdain m pani aauta cricket players chu ma ahile chennai ma traninng gardai chu ma bolling an bestmen pls malai sampar number dinu ma aafunu madesh ko naam rosangarnu chahanchu helps me yadav ji
Ma pani Kheln Chahan6u EPl Kheln ko lagi Ke kaso garnu per 6.M batsman & bolling garchu.
sorry MPL. 9807838027,9865117933 so please contact me.
I am also cricketer pls one chance me mpl m 13 years dekhi ktm ma cricket kheldaixu my contact number 9801122535 ma sehwag ko vhumika ma kheln chanxu pls one chance me