हुलाकी न्यूज, काठमाडौं २ आश्विन । रौतहटको कोहिनुर एफएम बन्द गराउने विषय सेलाउन नपाउँदै शनिबार बाराको रेडियो बादल बन्द गराइएको छ ।

बाराबाट हुलाकी न्यूजसहकर्मी संजय तिवारीले दिएको जनकारीअनुसार शनिबार साँझबाट रेडियो बादल बन्द गराइएको हो ।

जारी आन्दोलनका विषयमा निरन्तर समाचार तथा विचार प्रशारण गरिरहेको उक्त रेडियो बन्द गराइएको तिवारीले बताए ।

रेडियोका सञ्चालक नुरआलम बादशाहका अनुसार बाराको सिम्रौनगढमा रहेको रेडियो बादलले मधेश आन्दोलनको समाचार बजाएको र कार्यक्रम चलाएको भन्दै सीडीयोको आदेशमा सशस्त्र प्रहरी बेश क्याम्पका ईन्स्पेक्टरको नेतृत्वमा रहेको करिब ६० जना प्रहरिको समूहले रेडियो बन्द गराएको हो ।

बादशाहका अनुसार सीडीओले भोली कार्यालयमा हाजिर हुन निर्देशनसमेत दिएको छ ।

यसअघि कैलालीमा गैरमधेशी समुदायले रेशम चौधरीको फुलवारी एफएम जलाएको छ ।

त्यस्तै मधेश–थरुहट आन्दोलनको समाचार निरन्तर पोष्ट गर्ने www.hulakinews.com लाई पनि गृहमन्त्रालयको आदेशमा १० दिनसम्म नेपालमा बन्द गरिएको थियो ।

1 COMMENT

  1. भारत को देह्रादुन मा पनि ईन्जिनियरिङ र मेडिकल का मधेशी समुदाय का युवा हरु हात मा कालो पट्टि बाधेर कालो दिन मनौदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.