
हुलाकी न्यूज, काठमाडौं २० असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका सांसद तथा महामन्त्री जंगीलाल रायको विषयमा गलत समाचारहरु सम्प्रेषण गरिएकोप्रति खण्डन गरेको छ ।
तमलोपाका उपाध्यक्ष वृषेश चन्द्र लालले बुधबार एक विज्ञप्ति जारी गरी सांसद रायको नाम जोडिएर आएको समाचारमा कुनै सत्यता नरहेको प्रष्ट्याएका छन् ।
सांसद रायले मधेश आन्दोलनका घाइते र राहतको दुरुपयोग गरेको जस्ता समाचार केही अनलाइनहरुमा आएको थियो ।
उपाध्यक्ष लालले जारी गरेको विज्ञप्तिमा, ‘पार्टी नेतृत्व वा व्यक्तिलाई वदनाम गर्ने अभिप्रायले यस्ता झुठा र कपोलकल्पीत समाचार प्रकाशन÷प्रशारण नगर्न÷नगराउन आग्रह गर्दछौं’, उल्लेख गरेका छन् ।



