double-head
मनिष गुप्ता, कपिलवस्तु १९ असोज । गत बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ ।

आर्थिक अभावले उपचार गराउन नसकेपछि शिशुको मृत्यु भएको हो । जिल्लामा पहिलो पटक अनौठो शिशु (बालिका) को जन्म भएको थियो ।

निम्न परिवारमा जन्मिएकी अनौठो बालिकाले समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको स्थानीय दिनेश चौधरीले जानकारी दिए । दुई टाउका भएको शिशु जन्मिएको विभिन्न संचारमाध्यमले सम्प्रेषण÷प्रसारण गरेको खबरले विभिन्न व्यक्ति अनौठो शिशु हेर्न त्यहाँ पुगे ।

आर्थिक अभावकै कारण छोरीको उपचार गराउन नसकेको जाबेद पठानले दुःखेसो पोखिन् । ‘सम्बन्धित निकायले समेत उपचारमा कुनै चासो देखाएनन्’, उनले गुनासो गरिन् ।

दुई टाउकामध्ये शिशुको सानो टाउकोमा अनुहारका सम्पूर्ण आकृति विकास भएपनि ठूलो टाउकोमा अनुहारको आकृति विकास भएको थिएन ।

शिशु जन्मेको चौथो दिनसम्म दुध चुस्ने गरेपनि पाँचौं दिन स्वास्थ्य अवस्था खराब भई मंगलबार विहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । शिशु गुमाउनुपरेकोमा अहिले परिवार चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.