district_court_dhanusha
हुलाकी न्यूज, काठमाडौं १९ असोज ।
धनुषा जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । आर्थिक चलखेलमा परी हत्या अभियुक्तलाई धरौटीमा रिहा गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

धनुषा जिल्लाको सबैलामा विद्यालय व्यवस्थापन समितिको विवादमा एमालेका नेता तथा कार्यकर्ताले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । सो घटनाका १५ अभियु्क्तलाई आर्थिक प्रलोभनमा पारी रिहाको आदेश दिएको भन्दै उनीविरुद्ध न्याय परिषद्को कार्यालय ललितपुरमा उजुरी परेको हो ।

घटनाका मुख्य अभियुक्त एमाले २ नम्बर प्रदेशका सदस्य एवं पूर्वसांसद योगनारायण यादव र दुर्गाप्रसाद साह पूर्पक्षका लागि थुनामा छन् । २०७१ चैत ८ मा धनुषा जिल्लाको सबैलामा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा यादव समूहले गोली चलाउँदा रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको थियो ।

न्यायाधीश आचार्य विरुद्ध मृतक राउतकी श्रीमति सिकिल देवी गडेरीले न्याय परिषद्मा उजुरी दिएकी छन् । गडेरीकी अनुसार न्यायाधीश आर्चाय आर्थिक प्रलोभनमा परी घटनाका दोषीहरुलाई धरौटीमा रिहा गरेका छन् । एउटै घटनामा संलग्नलाई दुई किसिमको व्यवहार गरिएको गडेरीले उजुरीमा लेखेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.