dr. baburam bhattarai
हुलाकी न्यूज, सुनसरी १८ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन भएमात्र मुलुकमा शान्ति कायम हुनसक्ने दाबी गरेका छन् ।

सुनसरीको इनरुवामा मंगलबा आयोजित एक अन्तरक्रिया कार्यक्रममा डा. भट्टराई चाँडोभन्दा चाँडो संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

उनले संविधानमा सबैको अपनत्व कायम गराउन र सर्वस्वीकार्य बनाउनका लागि संशोधन आवश्यक रहेको बताए ।

‘संविधानको एक वर्ष : कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले धर्मनिरपेक्षता, लोकतन्त्र र संघीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.