press-manch-mahottari
रंजन भण्डारी, जलेश्वर १८ असोज । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीनिकट प्रेस मन्च नेपाल महोत्तरी शाखाले महोत्तरीमा चार जना पत्रकारलाई सम्मान गरेको छ ।

विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सोमबार आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय दशरथ भण्डारी र हरि प्रसाद मण्डल रहेका छन् । त्यस्तै, प्रेस स्वतन्त्रता सेनानी कुवँरकान्त झा र प्रेस मन्च नेपालका केन्द्रीय सहसंयोजक विन्दकिशोर साह (किशोर गुरु) रहेका छन् ।

त्यस्तै, शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले प्रेस मन्चले छोटो समयमा गरेका कार्यहरु उपलब्धिमूलक रहेको र भविष्यमा समेत प्रेस मन्च नेपाल पत्रकार महासंघको एउटा बलियो पाखुरा भएर उभ्नेमा आफूहरु विश्वस्त रहेको बताएका थिए ।

press-manch-mahottari1

साथै उनीहरुले भविष्यमा विभिन्न तालिमहरुको आयोजना गर्नसके दक्ष जनशक्ति उत्पादन गर्न सहज हुने बताउँदै मन्चले समेत पत्रकारहरुको क्षमता अभिवृद्धी गर्न तालिमहरुको व्यवस्थामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित जिल्लाका अधिकांश पत्रकारले एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.