chimni
तिवारी यादव, परवानिपुर (बारा) १८ असोज । त्रिभुवन राजमार्ग अन्तर्गतको वीरगंज–पथलैया करिडोरको परवानीपुर प्रहरी चौकीको पछाडि रहेकोे पर्साको लिपनीबिर्ता गाविसको वडा नम्बर ६ हाल वीरगंज उपमहानगरपालिकामा रहेको अर्निका प्रोसेसिङ उद्योग कम्पनी प्रालिबाट निस्केको धुवाँले सर्वसाधारणलाई सास्ती भोग्नु परेको स्थानीयहरुको गुनासो छ ।

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म निरन्तर यो कम्पनीले कालो कालो धुवा चिम्नीबाट फालेको देखिन्छ र कम्पनीको छेउमा रहेको परवानिपुर खेलमैदानमा यो धुवाँबाट फुटबल खेल्दा जीउमा धुवा खस्दा चिलाउने र गनाउने गरेकोले स्वास लिन समेत गाह्रो भएको फुटबल खेलाडी सन्जय पासवानको गुनासो छ ।

कम्पनीको छेउमा रहेको खेलमैदान विभिन्न गाउँका मानिस गाई भैंसी चराउन आउँदा मुख र नाक छोपेर चराउनु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । एक जना स्थानीयले ं यो कम्पनीमा स्थानीय कम्पनीको व्यस्थापक भएको हुँदा यो गलत भैरहेको देखेपनि सर्वसाधारणको दुखको वास्ता नगरेको र सरासर गलती गरिरहेका आरोप लगाए ।

कम्पनीको अगाडि त्रिभुवन राजमार्गमा विभिन्न होटल रहेको हुँदा होटलमा आउने ग्राहकलाई समस्या भएको हुँदा होटलमा समेत असर परेको ओसो ढाबा लाईन होटलका संचालकको गुनासो छ । यो कम्पनी ३ दसकदेखि यस्तै गर्दै आइरहेको स्थानीयहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.