हुलाकी न्यूज, काठमाडौं १८ असोज । दश्मीदिवाली र छठको अवसर पारी यातायात व्यवसायीहरुले काठमाडौंबाट घर फर्किने अधिकांश यात्रुहरुलाई ठग्ने गरेका छन् । यातायात व्यवस्था विभागले तोकेको भन्दा दुई गुणा अथवा तीन गुणा बढी भाडा लिने गरेका छन् । भाडा बढी लिएको जानकारी प्रहरी अथवा ट्राफिकलाई गराएको खण्डमा यात्रुहरुले तिरेको बढी रकम फिर्ता पाउनेछन् भने सवारीसाधानलाई कारवाही हुनेछ ।
धुलिखेल–बर्दिवास हुँदै पूर्वी मधेशका लागि जाने साना गाडीहरुले अत्याधिक ठगी गर्दैछ । त्यस्तै दक्षिणकाली फरपिंग हुँदै मध्यमधेश जाने टाटा सुमोहरुले पनि मन परी भाडा उठाउँदैछ ।
काठमाडौंका विभिन्न स्थानबाट खुल्ने ठूला गाडी(बस)हरुले पनि ठगी गर्ने गरेको छ ।
यातायात व्यवस्था विभागले निर्धारण गरेको दुरी र मूल्य हामीले तल उल्लेख गरेका छौं ।
काठमाडौंको कोटेश्वर–धुलिखेल–बर्दिवास हुँदै जाने सवारी(टाटासुमो, माईक्रो, हाईस, वींगर)को दुरी र भाडा

काठमाडौंको कलंकी हुँदै देशका विभिन्न भागमा छुट्ने गाडीहरुको दुरी र भाडा दर




