
तिवारी यादव, (बारा) परवानिपुर १७ असोज । त्रिभुवन राजमार्ग अन्तर्गतको बिरगंज पथलैया करिडोरमा पर्ने बाराको लिपनीमाल गाबिशको वडा नम्बर ८ मा पर्ने बिर्ता चैनपुर चौकको अगाडि पुर्ब तिर रहेको करिब ३ बिघा खाली जमीनमा कम्पनी का बिकार बस्तु खरानी फाल्ने काम भैरहेको देखिन्छ ।
खाली जमिनमा चौकको आसपासमा रहेका विभिन्न कम्पनीहरु आफ्नो कम्पनीबाट निस्केको खरानी (छाइ) खुला तरिका बाट राजमार्गको छेउको खाली ठाँउमा कम्पनीले खरानी फाल्ने स्थानीय ठेकेदारलाई जिम्मेवारी दिएको बताएका छन् ।
ठेक्कादार आफ्नो टयाकटर बाट खुला तरिकाबाट खसाल्ने काम गरेको स्थानीय दीपेन्द्र बैठाको गुनासो छ ।कम्पनीबाट निस्केको खरानी सार्वजनिक जस्तै ठाँउमा फाल्ने काम भैरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
एक स्थानीयले भने ं खाली ठाँउ हेरेर कम्पनीको कालो कालो छाइ खुला रुपले फालिने काम भैरहेको छ तर यो खरानी धेरै गन्हाउने गरेको छ । हावा चलेको बेला यो खरानी आँखामा समेत पस्दा त्यो बाटो जान धेरै गाह्रो रहेको बताउँछन् ।
राजमार्गमा नाक छोपेर जान बाध्यता रहेको र फोहोरका थुप्रो पनि उनले बताए । कम्पनीबाट निस्केको खरानी फालिएको प्रत्यक्षदर्सीहरु बताएका छन् । बाराको लिपनिमाल गाबिशको वडा नम्बर ८ रहेका बिरगंजका एक प्रतिष्ठित उधोगी बाबुलाल चाचानको कम्पनी नारायणी आयल रिफाइनरी प्रा .लि बाट निस्केको खरानी खुला ठाँउमा फालेको देखिएको प्रत्येकदर्शीले बताउँछन् ।
तेस्तै सोही गाबिशमा रहेका बिरगंजका प्रतिष्ठित उद्योगपति मुर्ली रुङटाका ओम चाओ ब्यूरो प्रा .लि बाट पनि निस्केको खरानी त्यहीँ फाल्ने गरेको स्थानीयहरुको भनाइ छ ।



