
तिवारी यादव, परवानीपुर (बारा) १६ असोज । वीरगंज पथलैया करिडोरमा पर्ने बाराको लिपनिमाल गाविस– मा रहेको बन्दना स्टिल प्राइभेट लिमिटेडको चिमनी बाट निस्केको धुवाँले स्थानीयहरुमा असर पार्ने गरेको स्थानीयहरुको गुनासो छ ।
करिब बिहान ५ देखि कम्पनी सन्चालन हुँदा राति ७ बजेसम्म खराब धुवा चिमनी बाट फाल्ने क्रम दिनभरी नै जारी रहेको स्थानीय झकड साह सोनार गुनासो छ ।
झक्ड साहले भने फलाम बनाउने कम्पनीको धुवा कालो कालो निस्केको हुन्छ र यो धुवा गनाहे पछी मान्छे मुख छोपेर र नाक बन्द गरेर बस्नुपर्न भाधय हुन्छ हाम्रो खेतीपाती पनि कम्पनीको छेउछाउ रहेको छ र यो धुवाँले खेतीपाती गर्ने पनि र्गाहो रहेको भइरहेको छ ।’
कम्पनीबाट निस्केको धुवाले बाताबरन समेत प्रदुषण गरिरहेको देखिएको छ ।बन्दना स्टिल कम्पनीको छेउछाउ विभिन्न गाउँ समेत यो धुवाँले असर पारेको गाउँलेहरुको भनाइ छ । कम्पनीबाट निस्केको धुवा गाउँ प्रवेश गरेको र यो धुवाबाट स्वास्प्रस्वास गर्न र्गाहो भएको छ ।
अरु कम्पनी भन्दा बढी धुवा दिने कम्पनी भए पनि यो कम्पनीको धुवाँ फाल्ने कम उचाई रहेकोले गर्दा सरासर गाउमा पस्ने र बढी टाढासम्म नखस्ने गरेको छ । खेतीपाती गर्न पनि गार्हो भइरहेको र धुवाँ निस्केको बेला स्वास प्रस्वास गर्ने एकदम गाह्रो भएको स्थानीय गेना साहको गुनासो रहेको छ ।



