birgunj
हुलाकी न्यूज, वीरगंज १६ असोज । अन्तर्राष्ट्रिय अहिंसा दिवस वीरगंजमा पनि मनाइएको छ । ज्ञान वाटिका अंग्रेजी बोर्डिङ्ग उच्च माध्यमिक स्चूलको आयोजनामा आज स्कुल परिसरमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय अहिंसा दिवस मानिइएको हो ।

स्कुलका संस्थापक हरिहर यादव र कोशिश समुहका संस्थापक मदन गुप्तले कार्यक्रम बीच शान्तिको प्रतीक परेवा उडाएर विश्वमा स्थायी शान्तिको कामना गरेका थिए ।

संस्थापक हरिहर यादव शान्तिको स्थापनाको लागि भित्रि शान्ति आवश्यक रहेको बताए र सबै मिलि विश्वमा चलिरहेको विभिन्न हिंसात्मक गतिबिधिहरुलाई रोक्न हामि सबै एक हुनु पर्नेमा जोड दिए । उनले शान्तिबाटै देश विकास सम्भव हुने भएकोले शान्तिको बाटो पहिल्याउन सबैलाई आग्रह गरे ।

त्यस्तै कोशिश समुहका संस्थापक मदन गुप्तले शान्तिपूर्ण मैत्री वातावरणको लागि मनोवृत्ति परिवर्तन गर्नु अवास्क्य रहेको बताए र रिस नियन्त्रण गर्न सुझाव दिए । उनले सबैलाई चाँडै प्रतिक्रिया नगर्न आग्रह गरे र कुनै पनि कदम चालन अघि दुई पटक सोच्न सुझाव दिए ।

कार्यक्रममा स्कुलकि प्रधानअध्यापक डा. अन्जु यादवले शान्ति बाटनै बिश्व कल्याण सम्भव रहेको बताइन र सम्पूर्ण विद्यार्थीहरूलाइ महात्मा गान्धी को पदचिन्ह पछ्याउन सबैलाई आग्रह गरिन ।

त्यसैगरि वाटिका ग्रुपका प्रमुख कार्यकारी अधिकृत डा. अनुज यादवले पनि हिँसाले कसैको भलो नहुने बताए र सबैलाइ मिलेर बस्न आग्रह गरे, उहाले महात्मा गान्धीको उदाहरण दिंदै विद्यार्थीहरूलाइ गान्धी जस्तै साधा जीवन अपनाउने सुझाव दिए ।

कार्यक्रममा स्कुलका शिक्षकहरु सोनालाल कुसवाहा, सुनिल यादव, सरिता थापा, निता घिमिरे, मुकेश मिश्रा, श्रिस्टि उपाध्याय, निर उपाध्याय, प्रियंका चौहान, अरुणा गुप्ता, साजान हवारी लगायतको उपस्थिति रहेको स्कुलका संयोजक आशु सर्राफले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.