????????????????????????????????????

हुलाकी न्यूज, काठमाडौं १६ असोज । महात्मा गान्धीको जीवनीमा आधारित ‘गान्धीको असाधारण व्यक्तित्व’ नामक पुस्तक एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार आयोजना गरेको लोकर्पण कार्यक्रममा वक्ताहरुले महात्मा गान्धीको जीवनीबारे प्रकाश पारेका थिए ।

पूर्व भारतीय राजदूत पी. अलन नाजारेथद्वारा लिखित सो पुस्तकमा महात्मा गान्धीको भारत स्वतन्त्रता संग्राम र उनको सादा जीवन उच्च विचार लगायतका कुराहरु समावेश गरिएको छ ।

अँग्रेजीमा प्रकाशित ‘गान्धीज आउटस्टेन्डिङ्ग लिडरसिप’ को नेपाली अनुवादित पुस्तक हो ‘गान्धीको असाधारण व्यक्तित्व’ । यो पुस्तकलाई किशोर नेपाल र कर्ण प्रखर धितालले नेपालीमा अनुवाद गरेका छन् ।

पुस्तकको विमोचन उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रन्जित रेले संयुक्तरुपमा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.