
रबिन्द्र प्रताप गुप्ता, भैरहवा १६ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीको संगठन विस्तार अभियान अन्तर्गत क्षेत्र नम्बर ५ सूर्यपुरा गाविसको भेला सम्पन्न भएको छ । भेलाले हिरालाल यादवको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा राजमन भर र परसुराम यादव, सचिवमा श्री नारायण पंडित मिश्र रहेका छन । त्यसै गरी सदस्यहरुमा जर्नादन लोध, सन्तराम लोध, नेवास अली मुसलमान, कलामुद्धिन मुसलमान, प्रहलाद कुर्मी, रामजित केवट, सावित्री केवट, फगुना हरिजन, शिवपुजन लोध, सुरेन्द्र यादव, शेषमणि केवट। सोमनाथ पाण्डे, राम मिलन यादव रहेका छन् ।
तमलोपा रुपन्देहीका अध्यक्ष अजय वर्माको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला प्रवक्ता एवं जिल्ला सदस्य मोहम्मद इस्लाम खान, राम किशुन नायक, चन्द्र हरि दुबे लगायतको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा विभिन्न राजनीतिक दलबाट तमलोपामा प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरिएको तमलोपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले जनाए ।



