हुलाकी न्यूज, काठमाडौं २ आश्विन । तीन दलले पुनः एक पटक आन्दोलनकारीलाई गिज्याएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत तीन दलले जारी गरेको विज्ञप्तिमा दिपावली गर्न आउन आह्वान गरिएको छ । वार्ताको लागि आह्वान गरिएको भनेपनि मधेशी–थारुले राखेको कुनै सर्तको बारे चर्चा गरिएको छैन ।

संयुक्त आह्वान पत्रमा मधेश–थरुहटमा जारी आन्दोलनको बारे चर्चा पनि गरिएको छैन । न त प्रहरीद्धारा मारिएका प्रदर्शनकारीका विषयमा केही बोलिएको छ ।

सेना फिर्ताको सम्बन्धमा पनि कुनै चर्चा गरिएको छैन ।

अन्य आन्दोलनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिए पनि मधेश–थरुहट आन्दोलनमा मारिएकालाई श्रद्धाञ्जली पनि दिइएको छैन ।

तीन पृष्ठ लामो आह्वानले जनतालाई शब्द जालमा फसाउन खोजिएको छ ।

दिपावलीको आह्वान

तीन दलले सम्पूर्ण जनतालाई दिपावली मनाउन आह्वान गरेको छ । असोज तीन गते साँझ दिपावली र चार गते विभिन्न सभा गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायले पनि नयाँ संविधानलाई स्वागत गर्ने जिकिर गरिएको छ ।

 

press-release-1 press-release-2 press-release-3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.