
हुलाकी न्यूज, काठमाडौं १४ असोज । संघीय समाजवादी फोरम नेपालमा रामेछापका सयौंको संख्यामा सक्रिय युवाहरु प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी उनीहरु फोरम नेपालमा संगठित भएका हुन् ।
रामेछाप जिल्ला कार्यसमितिद्वारा आयोजित फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्याक्रममा रामेछापका सक्रिय युवाहरूको एउटा प्रभावशाली समूह फोरम नेपालमा प्रवेश गरेको हो ।
फोरम नेपालका वरिष्ठ नेता अशोक राई, महासचिव राम सहाय यादव, उप महासचिव दान बहादुर विश्वकर्मा, ताम्सालिङ इन्चार्ज डा गणेश योन्जन लगायतले नव प्रवेशी युवाहरुलाई अबीर खादाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।
यसअघि गत २५ भदौमा ३ सय ५० जनासमेत जिल्लामा पार्टी प्रवेश गरेको जिल्ला सचिव रोजबहादुर मोक्तानले जनाए ।



