
हुलाकी न्यूज, दाङ १२ असोज । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेशवादी दलहरुको माग पूरा गराउने प्रयास गरिए नेकपा एमाले प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
बुधबार नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेता नेपालले सरकारले केही मधेशवादी दलहरूको माग पूरा गराई सत्ता लम्ब्याउने प्रयासमा लागे त्यो मुलुकका लागि दुभाग्र्य सावित हुने उनको भनाइ थियो ।
उनले भने, ‘त्यस्तो बेला एमाले प्रतिकारमा उत्रन बाध्य हुनेछ ।’ तर राष्ट्रिय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने उनले बताए ।
नेपालले दलीय सहमतिबिना संविधान संशोधन सम्भव नरहेको बताएका छन् । उनले संविधान संशोधनपूर्व दलीय सहमति आवश्यक रहेको बताए ।



