
हुलाकी न्यूज, काठमाडौं १२ असोज । मधेशी आयोग, दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग र मुस्लिम आयोग गठनसम्बनधी ६ वटा विधेयक संसद्मा दर्ता भएको छ ।
नयाँ संविधानअनुसार सरकारले ६ वटा समावेशी आयोग गठन गर्न लागेको छ । सदनबाट विधेयक पारित भएपछि सरकारले आयोगहरु गठन गर्नेछ ।
नेपालको संविधान २०७२ को भाग २७ अन्तर्गत आयोगसम्बनधी व्यवस्था छ । यसअघि गठन भइसकेका दलित आयोग र मुस्लिम आयोगलाई संवैधानिक बनाएको हो ।



