
हुलाकी न्यूज, बिराटनगर, ११ असोज । भारतको नयाँ दिल्लीमा नोभेम्बर १२ देखि १४ सम्म विश्व युवा सम्मेलन २०१६ हुने भएको छ । सो सम्मेलनमा बिराटनगरका २ युवा चाँद इराकी र विशाखा झा पनि सम्मानित हुने भएका छन् ।
कार्यक्रममा नेपाल भरिबाट १४ जना नयाँ दिल्ली जानको लागि छानिएका छन् । सम्मेलनमा नेपाल, जिम्बावे, बंगलादेश, पाकिस्तान, चिन, इन्डोनेसिया लगायतका देशबाट युवाहरु सहभागिता हुने छन् ।
इराकीले आफु पनि सम्मानित हुन गैरहेकोमा अत्यन्त खुशि महसुस भैरहेको बताए । यस सम्मेलनमा बिराटनगरका युवा सामेल हुदा यसले बिराटनगरको पनि शिर ठाडो भएको बताए । सम्मेलनमा इराकी र झालाई “सन्गइ योउङ्ग लीडर” अवार्डबाट सम्मानित गरीने छ ।



