
हुलाकी न्यूज, काठमाडौं ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र स्थानीय तहको पुनर्संरचनाबारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई शंका नगर्न आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुटावारमा प्रधानमन्त्री र मधेशी मोर्चाबीच भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सबै पक्षको चासो र मागलाई केन्द्रमा राखेर नै स्थानीय तहको पूनर्संरचना हुने आश्वासन दिएका छन् ।
बैठकमा मधेशी मोर्चाका नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे प्रमूख तीन दलबीच भएको सहमतिबारे चासो राखेका थिए ।
बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनका लागि गृहकार्य भइरहेको जानकारी गराउँदै सरकारमाथि शंका नगर्न मोर्चा र प्रतिपक्षी दललाई आग्रह गरे ।



