Chairman of Tarai Madhes Democratic  Party Mahanta Thakur speaking at a press meet, in Janakpur, Dhanusha, on Sunday. Photo: THT
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर

हुलाकी न्यूज, काठमाडौं ११ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको छोरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।

भक्तपुर, सानोठिमीस्थित तमलोपाका अध्यक्षको घरको माथिल्लो तलाको कोठाबाट गत भदौ २४ गते विफ्रकेश चोरी गरी फरार रहेका थिए । दुवै जनालाई उपत्यकाका विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखा काठमाडौंले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं पेप्सीकोला बस्ने सर्लाही पिडाडि गाबिस–३ का २३ वर्षीय रन्जितप्रसाद गुप्ता र काठमाडौं पेप्सीकोला बस्ने महोत्तरी मेघनाथ घोरन्ना गाबिस–४ का ३२ वर्षीय ‘प्रमानन्द’ भन्ने प्रचण्डप्रताप सिंह रहेका छन् ।

उनीहरुले विफ्रकेश चोरी फरार रहने क्रममा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर (झा) लाई खुकुरीसमेत देखाई आक्रमण गरी हातमा चोट तुल्याई घाइते बनाएको देखिएको छ । संलग्नमध्येका गुप्ताले आफ्नो पहिचान नखुलोस भनेर डा. मिनाक्षीलाई खुर्सानीको धुलोसमेत हाली फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ भएका दुवैजनाले योजनावद्ध तवरबाट जवरजस्ती चोरीबाट आएको रकम वाँडफाँड गरी खाने योजना वनाएको अनुसन्धानबाट देखिएकोले उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाइएको सो महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.